अर्थमन्त्रालयद्वारा सर्वोत्तम सिमेन्टको खरिद बिक्री सम्बन्धी विवरण माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

अर्थमन्त्रालयद्वारा सर्वोत्तम सिमेन्टको खरिद बिक्री सम्बन्धी विवरण माग



काठमाडौं । अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको खरिदबिक्रीसम्बन्धी सम्पूर्ण विवरण मागेको छ ।

नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाकी छोरी र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदकी श्रमितिको नाममा उक्त कम्पनीको सेयर खरिद भएको पाइएपछि विवाद भएको थियो ।

यसमा धिताे पत्र बाेर्डका सदस्य तथा नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालकाे संलग्नता रहेकाे देखिएकाे थियाे ।

नेपालको सेयर बजारका नियामक निकायका नेतृत्व कर्ता नै कम्पनीको सेयर खरिदबिक्रीमा संलग्न भएको भन्दै यसको चर्को आलोचना भएको थियो ।

विवाद र आलोचना बढ्दै गएपछि अर्थमन्त्रालयले उक्त कारोबारसम्बन्धी सम्पूर्ण विरण मगाएको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाले नेप्सेलाई पत्र पठाएएर ओटीसी प्रणालीमार्फत खरिदबिक्री भएको सर्वोत्तम सिमेन्टको सेयरसम्बन्धी विवरण मगाएको हो ।

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार १७:१९