काठमाडौं । सिद्धार्थ बैंकका सीईओ शम्भुनाथ गौतमले पदबाट राजीनामा दिएका छन् । २५ साउनसम्मको कार्यकाल रहेका गौतमले पदबाट राजीनामा दिएका हुन् ।
बैंक सञ्चालक समितिले गौतमको राजीनामा समेत स्वीकृत गरेको छ । सञ्चालक समितिले सुन्दरप्रसाद अधिकारीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । अधिकारी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
Comment