कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा



काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने सेवालाई धमाधम बन्द गर्न थालेका छन् ।

कोभिडको जोखिम बढेको जिल्ला सहकारी संघ झापाले सहकारी संस्था बन्द गर्न र अन्य विकल्प अपनाउन आग्रह गरेको छ । स्थानीय तहको पत्राचार अनुसार कार्यालय सञ्चालन गर्न संघले बनेको छ ।

जिल्लाका आ–आ–आफ्नो पालिकामा सम्पूर्ण गतिविधि बन्द गर्नेगरी लकडाउन कार्यान्वयन गरे अनुसार सम्बन्धीत पालिकाको समन्वयमा मात्रै कार्यालय सञ्चालन गर्न संघले भनेको छ ।

संस्थाका कर्मचारी, सञ्चालक तथा सदस्यहरुको मनोबल उच्च राख्न सरसल्लाह तथा सहयोग गर्न सहकारीलाई संघले सुझाएको छ । संघीय सरकार, स्थानीय सरकारबाट प्राप्त निर्देशनका साथै सहकारी अभियानबाट सूचना, सुझाव र निर्देशनहरु पालना गर्न गराउन संघले निर्देशन दिएको हो ।

प्रकाशित : १४ श्रावण २०७८, बिहीबार १८:३४