युनियन लाइफको आइपीओमा साढे ४ लाख बढीको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रवास

युनियन लाइफको आइपीओमा साढे ४ लाख बढीको आवेदन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै ४ लाख ६१ हजार ३ सय ५६ वटा आवेदन परेको छ ।सीडीएसका अनुसार युनियनको आइपीओमा पहिलो दिनमै ८२ लाख ४७ हजार ८ सय ८० कित्ताका लागि ८२ करोड ४७ लाख ८८ हजार बराबरको आवेदन परेको हो ।

कम्पनीको आइपीओमा छिटोमा असार २८ गते बन्द हुने आईपिओमा पाँच दिनसम्म आवेदन दिन पाइनेछ । कम्पनीका अनुसार न्यूनतम् १० कित्ता देखि अधिकतम् ३२ हजार २५० कित्तासम्म आवेदन दिने सकिने उक्त आईपिओमा २१ लाख जति आवेदन पर्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । यसअघिका दुई आईपिओमा २१ लाख सम्म आवेदन परेकोले युनियन लाइफको आईपिओमा पनि २१ लाख जति आवेदन पर्ने अनुमान छ ।

आईपिओ बाँडफाँड सम्बन्धी नियम अनुसार न्यूनतम् १० कित्ताका दरले बाँडफाँड गर्दा पाँच लाख ८० हजार ५०० जनाले मात्रै आईपिओ पाउने छन् ।कूल निष्काशित ६४ लाख ५० हजार कित्ता आईपीओ कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । सो सुरक्षित गरिएको आईपिओ पश्चात बाँकी रहन आएको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार आईपिओमा मेरो शेयर एपमार्फत र सि आश्वा सदस्यता प्राप्त (प्रायः सबै बैंकका शाखा) मार्फत भौतिक रुपमा उपस्थित भएर शेयर भर्न सकिने जनाएको छ । डिम्याट खाता भएका सबैले शेयर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : २४ असार २०७८, बिहिबार १७:४९ 8 July, 2021 5:49 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।