पैसाको जोहो गर्नुस्, ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ आउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

पैसाको जोहो गर्नुस्, ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ आउदै छ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साधारण सेयर (आइपीओ) निष्कासन गर्ने अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति दिएको हो।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत जेठ ९ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो। धितोपत्र बोर्डको अनुमति पाएसँगै अब युनियन लाइफले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

हाल युनियन लाइफको चुक्तापुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

इक्रा नेपालले आईपीओ निष्कासनका लागि युनियन लाइफले ‘(इक्राएनपी– आईआर) बीबीबी’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको आईपीओमा गरिएको लगानी मध्यम किसिमको सुरक्षित रहेको संकेत गर्छ ।

प्रकाशित : १४ असार २०७८, सोमबार १४:४६ 28 June, 2021 2:46 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।