काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी डिजेल, पेट्रोल र हवाई ईन्धनको मूल्य बढाएको हो ।
डिजेल, पेट्रोल र हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै डिजेल प्रतिलिटर ११० रुपैयाँ, पेट्रोल १२७ रुपैयाँ र आन्तरिक तर्फको हवाई ईन्धन प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई ईन्धनको मूल्य प्रतिकिलोलिटर २० अमिरिकी डलर बढेको छ ।
Comment