प्रभु सेलेक्ट फण्डको इकाई सूचीकृत, आदेखि कारोबार खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

प्रभु सेलेक्ट फण्डको इकाई सूचीकृत, आदेखि कारोबार खुल्ने



काठमाडाैं । प्रभु सेलेक्ट फण्डको इकाई मंगलबार देखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ ।

प्रभु क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो ।

प्रभु क्यापिटलले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड मार्फत १२ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

नेप्सेले उक्त फण्डको कारोबारका लागि पीएसएफ (PSF) कारोबार संकेत तोकेको छ ।

प्रकाशित : ८ असार २०७८, मंगलवार ०६:२१