काठमाडाैं । टंकेश्वर कालिमाटीमा रहको आश्रय हुउद्देश्यीय सहकारी संस्थाले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष छुट सुविधा दिने भएको छ ।
संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प्रभावित सदस्यलाई लक्षित गरी ब्याज तथा हर्जानामा छुट सुविधा दिने निणर्य गरेको हो ।
संस्थाले सूचना प्रकाशन गरी असार ६ गते देखि १५ असार ब्याजमा १५ प्रतिशत सम्म छुट हुने दिने बताएको छ । । असार २९ गते सम्मको ब्याज चुक्ता गरेमा लागेको ब्याजमा १० प्रतिशत सम्म छुट हुने उल्लेख छ ।
त्यसैगरी निषेधाज्ञा अबधीभरको हर्जाना पूर्णरुपमा छुट हुने जनाएको छ । सदस्यले बुझाउनु पर्ने सम्पूर्ण ब्याज असार १० गतेसम्म बुझाएमा १५ प्रतिशत छुट हुने छ भने १५ गतेसम्म बुझाए १२ प्रतिशत सम्म छुट हुने संस्ठाले जानकारी दिएको छ ।
त्यसैगरी साउन १ देखि नविकरणमा ०.५ प्रतिशत सेवा शुल्क मात्र लिने संस्थाले जनाएको छ ।
Comment