डिजिटल बैकिङ कारोबार गर्न नवकान्तिुर साकोसको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डिजिटल बैकिङ कारोबार गर्न नवकान्तिुर साकोसको आग्रह



काठमाडौं । बत्तिसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई डिजिटल कारोबारका लागि आग्रह गरेको छ । सम्भव भएसम्म संस्थाले संचालन गरेको डिजिटल बैकिङ कारोबार गर्न सदस्यलाई अनुरोध गरेको हो।

संस्थाले संचालन गरेको मोबाइल बैकिङ, एटिएम र क्युआर कोर्ड मार्फत कारोबार गर्न आग्रह गरेको छ । साथै संस्थाले साताको दुई दिन बिहान १० बजे देखि दिउँसो ५ बजे सम्म कार्यालयबाट सेवा दिने जनाएको छ ।

संस्थाको केन्द्रिय कार्यालय तथा सदस्य सुबिधा केन्द्रमार्फत उक्त समयमा सेवा लिन आग्रह गरेको छ । संस्थाले प्रत्येक हप्ताको आईतबार र बिहिबार कार्यलय मार्फत कारोबार भएपनि हरेक दिन सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सकिने जनाएको छ ।

प्रकाशित : ४ असार २०७८, शुक्रबार १६:५४