बुधबार सेयर बजारमा भारी अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बुधबार सेयर बजारमा भारी अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार भारी अंकको गिरावट आएको छ । हिजो मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको थियो ।

आज नेप्से ५२.३९ अंकले घटेर दुई हजार ९ सय ६९ दशमलब ७२ विन्दुमा थामिएको छ । त्यस्तै, आज १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज धेरैजसो कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ६० करोड ९० लाख १२ हजार ३२६ बराबरको शेयर किनबेच भएको छ ।

प्रकाशित : २ असार २०७८, बुधबार १६:३०