ललितपुर जिल्ला बचत संघको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

ललितपुर जिल्ला बचत संघको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी तालिम सम्पन्न

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आन्तरिक नियन्त्रण प्रणाली तालिम सम्पन्न गरेको छ । संघले नियमित कार्यक्रम अन्तरर्गत सदस्य सहकारी संस्थाहरुको क्षमता विकासको लागि भर्चुअल रुपमा तालिम सञ्चालन गरेको हो ।

सहकारीमा आन्तरिक नियन्त्रण प्रभावकारी नहुँदा विभिन्न समस्या उत्पन्न हुन नदिन तालिम संचालन गरेको संघका व्यवस्थापक सन्तोष बजगाईले जानकारी दिए ।

तालिममा संस्था संचालनमा चुस्तता तथा प्रभावकारीता, जालसाजी तथा गल्तीको रोकथाम गर्ने तथा पत्ता लगाउने विधिहरु, जोखिम नियन्त्रणका विधिहरु, जिम्मेवारी, नियन्त्रण प्रणालीका प्रकृयाहरुका बारेमा जानकारी गराइएको थियो ।

संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा समस्या आउन नदिन व्यवस्थापनमा उचित ध्यान पुर्याउन सबै सहभागिहरुलाई सुझाव दिए । उनले सहकारीहरुले आन्तरिक नियन्त्रणको महत्वलाई सबैले अंगीकार गर्दै संस्थाको उचित व्यवस्थापनमा ध्यान दिन सबैलाई आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका रजिष्ट्रार विक्रम पाण्डेले संघले संस्था संचालनमा महत्वपुर्ण भूमिका राख्ने विषयमा तालिम आयोजना गरेकोले तालिमबाट सिकेका कुराहरुलाई अक्षरस पालना गर्न सुझाव दिए । तालिमको वरिष्ठ चाटर्ड एकाउन्टेन्ट क्षितिज शर्माले सहजीकरण गरेका थिए ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार १७:५१ 4 June, 2021 5:51 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।