खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का



काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको भन्ने पत्र प्राप्त भएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू पेश गरेको नपाइएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम आज बिहीबारबाट रोक्का गरिएको हो ।

प्रकाशित : २० जेष्ठ २०७८, बिहीबार १६:३२