धनुषा । धनुषामा जारी निषेधाज्ञा २४ गतेसम्मका लागि लम्ब्याइएको छ । वैशाख २१ देखि जारी निषेधाज्ञा चौथो पटक एक साताका लागि थप गर्दै जेठ २४ सम्म लम्ब्याइएको हो ।
सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जनाए । कोरोना संक्रमित बढ्ने क्रम नरोकिएपछि जिल्लाभर जारी निषेधाज्ञा चौथो पटक एक साताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलले बताए ।
पहिलो पटक वैशाख २१ देखि ३१ सम्मका लागि जारी निषेधाज्ञा दोस्रोपटक जेठ १० सम्म र तेस्रोपटक जेठ १७ गते राति १२ बजेसम्मको लागि थप गरिएको थियो ।
Comment