हिमालय रि कम्पनीलाई पुनर्बीमा कम्पनी सञ्चालन गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

प्रवास

हिमालय रि कम्पनीलाई पुनर्बीमा कम्पनी सञ्चालन गर्न अनुमति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । बीमा समितिले हिमालय रि कम्पनीलाई पुनर्बीमा कम्पनी सञ्चालन गर्न लाइसेन्स दिएको छ । आवेदन परेकाबाट हिमालय रिलाई लाइसेन्स दिने विषयमा सहमति जुटेको समिति जानकारी प्राप्त भएको छ ।

उक्त कम्पनी सञ्चालनका लागि हिमालयसहित प्रुडेन्सिलय, काठमाडौं, अन्नपूर्ण, र जेनुइन रि इन्स्योरेन्स कम्पनीले आवेदन दिएका थिए । जसमध्ये हिमालयन रि योग्य रहेको उक्त कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको समित स्रोतले जनाएको छ ।

हिमालय रि कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका व्यवसायिक घरानाको लगानी छ । हाल नेपालमा एउटा मात्रै पुरर्बीमा कम्पनी ‘नेपाल रि इन्स्योरेन्स’ कम्पनी सञ्चालनमा छ ।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार १४:४२ 31 May, 2021 2:42 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।