काठमाडौं । काठमाडौं महानगरपालिका २९ मैतीदेवीस्थित गौथली ऋण तथा सहकारी संस्थाबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको छ । झ्यालको भ्यान्टिलेटरबाट प्रवेश गरी अपरिचित ब्यक्तिहरुले दुवै सहकारी संस्थाबाट उक्त धनमाल चोरी गरेको बताइएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।
Comment