राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने



काठमाडाैं । राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ १६ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६।७७ सम्मको नाफाबाट ३६.५० प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने पूँजीको १४७.५२ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो ।

बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १४७.५२ प्रतिशतले हुन आउने ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद बिक्री गर्नेछ ।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार ११:५९