उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने बार समय तोकियो (सूचि सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने बार समय तोकियो (सूचि सहित)



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि राष्ट्र बैंकले संख्या तोकेर बैंक र वित्त कम्पनीलाई शाखा चलाउन निर्देशन दिएको छ ।

निर्देशन अनुसार केन्द्रिय कार्यालय बाहेक उपत्यका ३ जिल्ला काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटामात्रै वाणिज्य बैंकको शाखा कार्यालय सञ्चालन भइरहेका छन् ।

बैंकिङ कारोबारमार्फत् कोरोना संक्रमण बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्र बैंकले सो निर्देशन बैंकहरुलाई दिएको हो । साथै बैंकहरुले उपपत्यकामा साताभर सञ्चालन हुने आफ्ना शाखा कार्यालयको सूची समेत वेव साइटमा राख्न निर्देशन दिएको छ ।

जसले गर्दा उपत्यका बासिन्दालाई लक डाउनको समयमा बैंक जानु पर्ने भएमा सम्बन्धित बैंकको वेवसाइट हेरेर खुल्ला हुने शाखा एकिन गरीमात्र बैंक जानुपर्नेछ ।

साे अनुसार निर्देशन अनुसार काठमाण्डौ उपत्यका भित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्नको लागि निर्देशन भए अनुसार डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले यहि मिति २०७८÷०२÷१६ गते आइतबार देखि २०७८÷०२÷२१ गते शुक्रबार सम्म तपशिल बमाेजिम शाखा खोलिने डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले जनाएकाे छ ।

काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजे सम्म मात्र रहने छ ।

उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने ब्यहोरा बताइएको छ ।

गरिमा विकास बैंक लिमिटेड


जेठ १६ गते आइतबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १७ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबार ः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १९ गते बुधबार ः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते विहिबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार ः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।


ज्योति विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः महाराजगंज, सुन्धारा र बोडे ।
जेठ १७ गते सोमबार ः असन, फुटुङ्ग र झम्सिखेल ।
जेठ १८ गते मंगलबार ः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबार ः सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।
जेठ २० गते विहिबार ः बालाजु, रातोपुल र चापागाँउ ।
जेठ २१ गते शुक्रबार ः नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।


कमना सेवा विकास बैंक लिमिटेड


जेठ १६ गते आइतबार ः चावहिल, भिम्सेनगोला र मनमैजु ।
जेठ १७ गते सोमबार ः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबार ः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबार ः कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।
जेठ २० गते विहिबार ः कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबार ः ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।


लुम्बिनी विकास बैंक लिमिटेड


जेठ १६ गते आइतबार ः त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।
जेठ १७ गते सोमबार ः गोङ्गबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबार ः नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबार ः नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते विहिबार ः न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबार ः कपन, कुलेश्वर र लेले ।


महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार ः दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।
जेठ १७ गते सोमबार ः बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबार ः दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबार ः तिनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते विहिबार ः दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबार ः नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।

मुक्तिनाथ विकास बैंक लिमिटेड


जेठ १६ गते आइतबार ः जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।
जेठ १७ गते सोमबार ः नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबार ः न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।
जेठ १९ गते बुधबार ः कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते विहिबार ः ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार ः कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड


जेठ १६ गते आइतबार ः न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबार ः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबार ः नारायनटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते विहिबार ः बालुवाटार, थिमी र चावहिल ।
जेठ २१ गते शुक्रबार ः इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।


साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड


जेठ १६ गते आइतबार ः गोङ्गबु र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार ः कलंकी र न्यूरोड ।
जेठ १८ गते मंगलबार ः नयाँबानेश्वर र महाराजगञ्ज ।
जेठ १९ गते बुधबार ः कलंकी र गोङ्गबु ।
जेठ २० गते विहिबार ः नयाँबानेश्वर र न्यूरोड ।

प्रकाशित : १६ जेष्ठ २०७८, आईतवार १२:२२