भुक्तानी फर्स्यौट ऐन संशोधन गरी चेक क्लियरेन्सको सेवा दिनुपर्छ । सहकारीलाई सम्पूर्ण अनलाइन सेवा सहकारी बैंकमार्फत दिन सकिन्छ । सहकारी विभागबाटै विंग्ग बनाएर सेवा दिन सकिन्छ।
सहकारीले फण्ड ट्रान्सफर सेवा पाउनुपर्छ । फण्ड ट्रान्सफर मात्र डिजिटल नभएकाले धेरै सहकारीले अफिस आवर मात्र नभई सदस्यको आवश्यकता अनुसार सेवा दिनुपर्ने अवस्था छ ।
सहकारीले सर्भिस दिन नसक्दा अरु क्षेत्रमा पैसा गएको छ । साइबर सेक्युरिटी चुनौती सामाना गर्दै इको सिष्टमअनुसार चल्नुपर्ने हुन्छ । सफ्टवेयर प्रयोगकर्ताले एपिआई सेवा दिनुपर्छ ।
नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको प्रविधिमा सहकारी विषय भर्चुअल अन्तरक्रिया कार्यक्रममा गुरागाईले राखेको धारणा
Comment