राष्ट्रिय सहकारी बैंकलाई भुक्तानी फर्स्यौट प्रणालीमा सामेल गर्न सकिन्छ – देवकुमार ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

राष्ट्रिय सहकारी बैंकलाई भुक्तानी फर्स्यौट प्रणालीमा सामेल गर्न सकिन्छ – देवकुमार ढकाल



देवकुमार ढकाल
प्रवक्ता
नेपाल राष्ट्र बैंक

सहकारीलाई प्रविधि प्रयोग गर्न कुनै समस्या नभएको बताएका छैन । सहकारीलाई प्रविधि प्रयोगमा कुनै रोकावट छैन । सहकारीले एटीएम, मोबाइल बैंकिङ लगायत प्रविधि प्रयोग गर्न कठिनाइ नभएको भन्दै समन्वय चाहिएमा राष्ट्र बैंक समन्वय गर्न तयार छ ।


एफ वन कम्पनीसँग मिलेर सहकारीले कारोबार गरिरहेको भोलि राष्ट्र बैंकले कलेक्टिभ सहजीकरण गर्न सक्छ । प्रविधि प्रयोगमा सहकारी कन्फ्युजन हुन आवश्यक छैन । सहकारीलाई डिजिटल पेमेन्टमा समावेश गर्न राष्ट्रबैंकले सहयोग गर्छ । यस बाहेक बाँकी विषय सबै सहकारी विभागले नै हेर्ने हो ।


भुक्तानी फच्र्छौट ऐन र नियमावली तत्काल संशोधन गर्न सकिदैन । तत्कालका लागि सहकारी विभागले कार्यविधि बनाएर काम गर्न सक्छ ।
विभागसँग समन्वय गरेर नियमन, सुपरीवेक्षण र प्रविधि तयार गर्न राष्ट्रबैंक तयार छ । राष्ट्र बैंक, बाफिया ऐनका कारण राष्ट्रबैंकले सहकारीको नियमन गर्न सक्दैन । सहकारीलाई नियमनको दायरामा राख्न कानुनी र जनशक्ति अभाव छ । विभागले राष्ट्र बैंकको समन्वय चाहिए उपलब्ध गराउँछौं ।


नेपाल क्लियिरिङ हाउसले राष्ट्रिय सहकारी बैंकलाई भुक्तानी फच्र्छौैट प्रणालीमा सामेल गर्न सक्छन । त्यसका लागि राष्ट्रबैंकको भूमिका चाहिदैँन ।

नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको प्रविधिमा सहकारी विषय भर्चुअल अन्तरक्रिया कार्यक्रममा ढकालले राखेको धारणा

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार १७:१३