४‍‍.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल हुँदैनः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

४‍‍.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल हुँदैनः अर्थमन्त्री



काठमाडाै । अर्थमन्त्री बिष्णु पाैडेलले ४‍‍.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका हुन्। शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले सो जानकारी दिएका हुँन ।

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो। चालु आर्थिक बर्ष संशोशित आर्थिक बृद्धिसमेत नहुने बताएका छन्।

फागुनसम्म ४ प्रशितसत पुग्ने अवस्थामा थियौं, तर पछि कोरोनाको दोस्रो लहरले केही चाप देखिएको छ, हामी केही हदसम्म सहज अपवस्थामा पनि जान्छौं, तर,अन्य आर्थिक परिसुचक भने सकरात्मक नै छन्, राजश्व संकलनको स्थिति सकरात्मक छ, समस्या जीडीपीको हाे तर त्याे पनि केही कम छ, ’ उनले भने ।

कोभिड १९ महामारीको दोस्रो लहरका कारण अनुमानित आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न गाह्रो हुने उनले बताए ।‘हाम्रो शोधानान्तर स्थिती राम्रो छ, रेमिट्यान्स राम्रो छ । तर आर्थिक वृद्धिदरको लक्ष्य मात्रै हासिल नभएको हो । जोखिमको अवस्था आइसकेको छैन,’ अर्थमन्त्री पाैडेलले भने ।

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार १४:२२