राष्ट्र बैंकले ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

राष्ट्र बैंकले ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनायो



काठमाडाैं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनप्रति नेपाल पूँजी बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाई गर्दै जारि गरेको निर्देशन प्रति संघले आपत्ति जनाएको हो।

लघुवित्तमा बैंकहरुलाई लगानीमा कडाई गर्नु राम्रो भएपनि निर्देशन कडा रुपमा ढिलो आउनुमा संघले गम्भिर आपत्ती जनाएको हो । बैंकहरुले २०७८/०२/१० गते सम्म किनेको लघुवित्तको सेयर २०७८/ पुस मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन आपत्ति जनक रहेको संघले उल्लेख गरेको छ ।

निर्देशन पुर्नमुल्याङकन गरी बैंक तथा बित्तिय संस्थाले किनेको लघुबित्तको सेयर २०८० साल असार मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अबिलम्ब जारी गर्न संघले आग्रह गरेको छ । संघले भनेको छ ‘अहिलेको समयमा राष्ट्र बैंकलाई बेमौसमी बाजा बजाउनु थियो भने आम लगानीकर्ताले यति ठूलो कारोबार पश्चात ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनाएकोमा हाम्रो संघको घोर आपत्ति रहेको छ । ‘

पछिल्लो समयमा मौलाउदै गएको सेयर बजारलाई ब्रेक लगाउने राष्ट्र बैंकबाट निर्देशन आएको हो भन्ने हाम्रो संघको धारणा रहेको छ । संघले भनेको छ ‘अण्डर भ्यालुड भएका राम्रा कम्पनीको सेयरमा लगानी गर्न बैंक तथा बित्तिय संस्थालाई राष्ट्र बैंकले पहिल्यै देखि नै प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो संघको धारणा रहदै आएको छ ।’

राष्ट्र बैंकको पछिल्लो कदमबाट आम लगानीकर्ता त्रसित नहुन र विवेक पूर्ण ढंगले आफ्नो कारोबार गर्न संघले अपिल गरेको छ।

प्रकाशित : १२ जेष्ठ २०७८, बुधबार ११:३३