उत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थप, हिँडडुल गर्न नपाइने, किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थप, हिँडडुल गर्न नपाइने, किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द हुने



काठमाडौं । काठमाडौं उत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोनाभाइरसको संक्रमण रोकथामका लागि थप एक साताको लागि निषेधाज्ञ गर्न निर्णय भएको हो ।

मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै उपत्यका भित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले यस्तो निर्णय गरेका हुन् । जेठ १४ गतेसम्म निषेधाज्ञा कायमै छ ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल भने बन्द हुने भएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलवार १७:४८