पचास हजार भन्दा कम नगद रकम निकाल्न बन्देज गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

प्रवास

पचास हजार भन्दा कम नगद रकम निकाल्न बन्देज गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० हजार रुपैयाँभन्दा कम नगद रकम निकाल्न बन्देज गर्ने बैंकलाई कारवाही गर्ने जनाएका छन् ।

कुनै एक बैंकका कर्मचारीले ५० हजार रुपैयाँभन्दा कम रकम निकाल्न बैंकमा जाने सेवाग्राहीलाई फर्काएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा गुनासो आएपछि उनले त्यसको जवाफमा ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

केही दिनअघि नेपाल बैंकर्स एशोसिएशनले ५० हजारभन्दा कम नगद रकम झिक्न बैंकमा नगई इन्टरनेट, मोबाइल वा डिजिटल बैंकिङमार्फत घरैमा बसेर कारोबार गर्दा राम्रो हुने जनाएको थियो । कोभिड संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञालाई सफल बनाउन र संक्रमण नियन्त्रणका लागि संघले यस्तो निर्णय गरेको थियो । तर, घरैबाट कारोबार गर्न नसकिएको वा अप्ठ्यारो परेको बेला बैंकमा गएर कारोबार गर्न नसकिने भन्ने नभएको गभर्नर अधिकारीले स्पष्ट पारेका छन् ।

‘ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुँदै होइन,’ आइतबार ट्वीट गर्न उनले भनेका छन्, ‘यस्तो निर्देशन हुने कुरा पनि भएन र गरिएको पनि छैन। कुन बैंकको कुन शाखाबाट यस्तो ब्यबहार भएको हो, स्पष्ट जानकारी पाए कारवाहीको लागी सहज हुने थियो । ब्यबहारिक समस्या ध्यानाकर्षणको लागी धन्यवाद ।’

प्रकाशित : ९ जेष्ठ २०७८, आइतबार १७:२१ 23 May, 2021 5:21 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।