बिन्धवासिनी साकोसले सदस्यलाई आपतकालिन अवस्थामा अक्सिजन ब्यवस्थापन गरिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बिन्धवासिनी साकोसले सदस्यलाई आपतकालिन अवस्थामा अक्सिजन ब्यवस्थापन गरिदिने



काभ्रे ।बिन्धवासिनी बचत तथा ऋण सहकारीले आपतकालिन अवस्थामा अक्सिजन ब्यवस्थापन गरिदिने भएको छ । कोरोना भाइरस कोभिड १९ पोजेटिभ भएका संस्थाका सदस्यलाई यस्तो ब्यवस्था गर्न लागेको हो ।

संस्थाले सदस्यमा कोरोना पोजेटिभ देखिएर अस्पतालमा भर्ना भएको समयमा तत्काल अक्सिजनको समस्या भए तुरुन्त संस्थाका कर्मचारीलाई सम्पर्क गर्न सकिने ब्यवस्था गरेको संस्थाका प्रमुख ब्यवस्थापक केबी लामाले जानकारी दिए ।

संस्थाले सदस्य तथा सदस्यको परिवारलाई तत्काल अक्सिजनको ब्यवस्थापन गर्न समस्या भएमा संस्थाका कर्मचारीलाई सम्पर्क गरे अक्सिजन उपलब्ध गराउने जनाएको हो ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार १६:०९