जेठ ११ गतेसम्म बैंक तथा वित्तीय संस्था बन्द गर्न राष्ट्र बैंकको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

जेठ ११ गतेसम्म बैंक तथा वित्तीय संस्था बन्द गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडाैं । कोरोना महामारीका कारण देखाउँदै नेपाल राष्ट्र बैंकले मोरङ जिल्लाका सबै बैंक तथा वित्तीय संस्था बन्द गर्न पात्राचार गरेको छ ।

नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले कोरोना संक्रमणको उच्च जोखिम रहेकाले मोरङ जिल्लाभरीका सबै बैंक तथा वित्तीय संस्थाहरू जेठ ११ गतेसम्मका लागि बन्द गर्न भन्दै पत्राचार गरेको हो ।

राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै क्रियाकलाप बन्द गरिदिन भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ्, एटिएम सेवा र अनकल सेवालाई व्यवस्थित गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७८, बुधबार १७:०६