अनलाइनबाट निष्क्रिय रहेकाे बैंक खाता सुचारु गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

अनलाइनबाट निष्क्रिय रहेकाे बैंक खाता सुचारु गर्न सकिने



काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै अनलाइनबाट नै केवाईसी भरेर निष्क्रिय रहेका खाता सुचारु गर्न सकिने उल्लेख गरेको हो ।

जस अनुसार राष्ट्र बैंकले ग्राहक पहिचान अद्यावधिक नभएको कारण निष्क्रिय भएका बैक खाताको हकमा बैंक तथा वित्तीय संस्थाले बिद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी त्यस्ता खाता सुचारु गर्न सकिने व्यवस्था मिलाउने ब्यवस्था गर्ने भएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार १६:५६