काठमाडौँ । कोभिड-१९ को संक्रमण फैलिँदै जाँदा गम्भीर बिरामीका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको सर्वत्र गुनासो छ ।
अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको तथ्यहरु छन् । तर सरकारले भने काठमाडौं उपत्यकामा ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार एक विवरण सार्वजनिक गर्दै उपत्यकाका १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड, २ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको खाली रहेको जनाएको हो ।
Comment