पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज



काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह शुक्रबार डिस्चार्ज भएकी छन् ।

उनी अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।

अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो ।

प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिकरुपमा सुधार भइरहेको उनी अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो ।

पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार १६:३९