फाइनान्स कम्पनीका ऋणीलाई खुसीको खबर, निषेधाज्ञा अवधिभर दण्ड र जरीवाना तिर्नु नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फाइनान्स कम्पनीका ऋणीलाई खुसीको खबर, निषेधाज्ञा अवधिभर दण्ड र जरीवाना तिर्नु नपर्ने



काठमाडौं । निषेधाज्ञा अवधिभर फाइनान्स कम्पनीहरूबाट ऋण लिएका ऋणीहरूले कुनै पनि दण्ड र जरीवाना तिर्नु नपर्ने भएको छ ।

नेपाल वित्तीय संस्था संघले कुनै पनि ऋणीले निषेधाज्ञा अवधिभर ऋणमा कुनै पनि दण्ड, जरीवाना तथा अतिरिक्त शुल्क तिर्नु नपर्ने गरी निर्णय गरेको छ । तर ऋणीलाई ब्याजमा छुट दिने बिषयमा भने कुनै निर्णय नभएको बताइएको छ ।

यस्तो निर्णय अनुसार १६ वैशाखदेखि सुरु भएको निषेधाज्ञा खुलेको १५ दिनभित्र कुनै जरीवाना लिइने छैन् ।

हाल निषेधाज्ञा जारी रहेकोले निषेधाज्ञा खुलेको १५ दिनभित्र चाहिँ ऋणको किस्ता भने तिर्न आउनुपर्ने संघले अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोजकाजी तुलाधरले जानकारी दिए ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार २०:२३