आइएमई जनरल इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

आइएमई जनरल इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बढ्यो



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३६ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४२ दशमलव ८९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

१ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ संचिती रहेको छ ।

बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३० करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७५ दशमलव ६२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले १९ करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी २८ दशमलव ७९ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ६९ रुपैयाँ ८७ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४५.०९ गुणा रहेको छ ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार ०९:५७