यो साता सेयर बजारमा तपाईको सम्पति ३८ अर्बले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

यो साता सेयर बजारमा तपाईको सम्पति ३८ अर्बले बढ्यो



काठमाडाैँ । यो साताको सेयर बजारका सूचकहरु सकारात्मक नै रहे । निषेधाज्ञा जारी गरिएपनि शेयर कारोबारमा भने कुनै प्रभाव परेको देखिएन । समग्रमा बजारमा सकारात्मक प्रभाव नै परेको मान्न सकिन्छ ।

साता नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको थियो ।

यो साता सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०१ अंकले बढेर ४ सय ७३ दशमलव ०४ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ७ दशमलव ५८ अंकले घटेर ४ सय ६९ दशमलव ०२ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि बढेको छ । गत साता औसतमा दैनिक ५ अर्ब ४६ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ६ अर्ब ७९ करोडको कारोबार भएको छ ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३६ खर्ब २० अर्ब रहेको बजार पुँजीकरण यस साता ३८ अर्बले बढेर ३६ खर्ब ५८ अर्बमा पुगेको छ । यो साता कारोबार रकमलाई हेर्दा लगानीकर्ताहरुको सक्रिय सहभागीता रहेको देखिन्छ ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार १०:५६