१९ करोड ७७ लाख बराबरको आइपिओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

१९ करोड ७७ लाख बराबरको आइपिओ आउँदै



  काठमाडाैँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

संस्थाको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

संस्थाको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको सङ्केत गर्दछ ।

प्रकाशित : २३ बैशाख २०७८, बिहीबार ०९:२३