लघुवित्तलाई राष्ट्र बैङ्कले लगायो अङ्कुश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

लघुवित्तलाई राष्ट्र बैङ्कले लगायो अङ्कुश



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले लघुवित्त संस्थाहरूलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गरेको छ ।

राष्ट्र बैङ्कले सोमबार एक निर्देशन जारी गर्दै थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने लघु वित्तीय संस्थाले पनि वित्तीय विवरण एनएफआरएस अनुसार तयार गर्नु पर्ने व्यवस्था गरेको छ ।

निर्देशन अनुसार लघु वित्तीय संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमास देखि अनिवार्य रूपमा एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार भर्नुपर्नेछ ।

राष्ट्र बैङ्कले विवरणमा समावेश हुने सबै शीर्षकहरू सहितको नमुना विवरण समेत निर्देशन सँगै सार्वजनिक गरेको छ ।

प्रकाशित : २० बैशाख २०७८, सोमबार २१:३१