नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त भएका छन् । भुजेलले आजैदेखि कार्यभार सम्हालेका छन् ।

कम्पनीको ३२० औ संचालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको थियो । भुजेलले १३ वर्ष एलआईसी नेपालको कम्पनी सचिवमा रहेर काम गरेका थिए ।

उनले जन प्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । अधिवक्ता भुजेलले नोटरी ट्रान्सलेटरको पनि लाइसेन्स लिएका छन् ।

प्रकाशित : 2 May, 2021 2:05 pm