चन्द्रागिरि साकोसले सदस्यको सीपलाई उद्यमशीलतामा जोड्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चन्द्रागिरि साकोसले सदस्यको सीपलाई उद्यमशीलतामा जोड्ने



काठमाडाैँ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूमा उद्यमशीलता तथा स्वरोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले सीप दर्ता कार्यक्रम अघि सारेको छ।


एकसँग भएको सीप अर्कोलाई आवश्यक पर्दा काम लाग्ने भएको हुँदा संस्थाले पुलको काम गर्ने अभिप्रायका साथ यस्तो कार्यक्रम सुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए । सदस्य बाहेक समुदायमा भएको विशेष सीपहरूको प्रवर्द्धन र बजारीकरण गर्न संस्थाले सहयोग गर्ने उनको भनाइ छ ।


‘सदस्यहरू माझ नै धेरै खालका सीपहरू भई रहेका हुन्छन्’, श्रेष्ठले भने , ‘कोहीसँग ईलेक्ट्रिसियन, प्लम्बर, मेकानिकल, ग्राफिक डिजाइनर, ह्याण्डी क्राफ्ट, मोबाइल रिपेयर आदि सीप हुन्छन्। जुन प्रायः मानिसहरूलाई आवश्यक परिरहन्छ ।’ जसलाई जस्तो खालको सीपको आवश्यकता पर्दछ उपलब्ध भएसम्म चन्द्रागिरि सीप रोष्टरबाट सम्पर्कको विवरण उपलब्ध गराइने उनले बताए ।

प्रकाशित : १६ बैशाख २०७८, बिहीबार २१:२२