काठमाडाै । कुमारी क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको कुमारी इक्वीटी फण्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।
फण्डको १० करोड इकाई सामुहिक लगानी कोष इकाई कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको दोस्रो बजार कारोबारको लागि केईएफ (KEF) सिम्बोल प्रदान गरिएको छ ।
कम्पनीले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड मार्फत १० करोड इकाई बिक्री आह्वान गरेको थियो ।






Comment