तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ



तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

जिल्लाका ७ वटा बजार एकाइका गरी कूल १ हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ छ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरे ।

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत भएको थियो । जसअनुसार सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भए ।

त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सङ्घको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित : 18 April, 2021 2:33 pm