कामना सेवा विकास बैंकको मूनाफा ११७२.०१ प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

कामना सेवा विकास बैंकको मूनाफा ११७२.०१ प्रतिशत बढ्यो



काठमाडाै । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले समीक्षा अवधिसम्म ५८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १७२.०१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा २१ करोड ५४ लाख रुपैयाँमा सीमित थियो।

बैंकको सञ्चालन मुनाफा पनि ९५.०८ प्रतिशतले बढेर ५९ करोड ७७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ३० करोड ८३ लाख रुपैयाँमात्र थियो।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २५.७३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ८५ करोड ७१ लाख रुपैयाँ रहेको थियो।


समीक्षा अवधिसम्म बैंकले ३९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

गत वर्ष यही अवधिसम्म बैंकले ३१ अबै ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार ४२.७६ प्रतिशतले बढेर ७७ करोड ६८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्मको रिजर्भमा ५४ करोड ४१ लाख रुपैयाँ रहेको थियो।

बैंकको खराब कर्जा दर ०.३७ प्रतिशतले बढेर १ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा दर १.३७ प्रतिशत रहेको थियो। सीडीसी ८०.८२ रहेको बैंकको आधार दर ८.१५ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २९.४७ रुपैयाँ रहेको छ। पीई रेसियो ११.९४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४.३५ रुपैयाँ रहेको छ।

प्रकाशित : ५ बैशाख २०७८, आईतवार १४:२०