एनआइबिएल एस क्यापिटलको नयाँ म्युचुअल फण्ड बैशाख १३ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइबिएल एस क्यापिटलको नयाँ म्युचुअल फण्ड बैशाख १३ गतेदेखि



काठमाडाै । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलले नयाँ म्युचुअल फण्ड निस्कासन गर्ने भएको छ । कम्पनीले बैशाख १३ गतेबाट नयाँ “एनआईबिएल समृद्धि फण्ड २” को बिक्रि खुल्ला गर्ने भएको छ ।

यस योजनाको आकार रु १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधि सम्म संचालनमा रहनेछ । प्रति इकाई मूल्य रु १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

यो फण्डमा लगानी गर्ने लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ।

यो इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ५ बैशाख २०७८, आईतवार १२:३५