धनगढी र पोखरामा पनि सहकारी बाल क्लव गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

धनगढी र पोखरामा पनि सहकारी बाल क्लव गठन



काठमाडाै । राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय धनगढीको आयोजनामा धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत विद्यार्थीहरुका बीच वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

युवा विद्यार्थीहरुलाई सहकारीको बारेमा अध्ययन, अनुसन्धान गरी यसको प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ सहकारी बैंकले पहिलो चरणमा ६८ वटै शाखामार्फत विद्यालयले सहकारी बाल क्लव गठन गर्ने योजना रहेको छ ।

विद्यार्थीहरुको भेलाले चेतना सिंहको अध्यक्षतामा ९ सदस्यीय धनगढी नमुना सहकारी बाल क्लव गठन गरेको छ । क्लवको उपाध्यक्षमा मनिषा तिमल्सिना, सचिवमा देपेश गिरी, कोषाध्यक्षमा निर्मला रायमाझी तथा सदस्यहरुमा सुरक्षा जोशी, पुस्कर ठगुन्ना, रनिता चौधरी र झविराज भट्ट रहेका छन् ।

क्लवको संरक्षकमा विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्ट रहेका छन् । कार्यक्रममा वित्तीय साक्षरत र सहकारी बैंकको भूमिका विषयमा बैंकको धनगढी शाखाका प्रमुख कृष्ण रावलले सहजीकरण गरेका थिए । राष्ट्रिय सहकारी बैंक धनगढी शाखा समन्वय उपसमितिका सदस्य कैलाश दाहालले विद्यार्थीहरुलाई सहकारीको संरचना लगायत अवस्था र गर्ने कार्यहरुका बारेमा सचेत बनाउने बताए ।

यस्तै राष्ट्रिय सहकारी बैंक पोखरा शाखाको संयोजनमा शिवशक्ति माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन भएको छ । विद्यार्थीहरुलाई सहकारी सचेतना, वित्तीय साक्षरता लगायतका रचनात्मक तथा सृजनात्मक कार्यक्रममा अग्रसर बनाउने र विद्यार्थी अवस्था देखिनै सहकारीको महत्व बारेमा जानकारी गराउने उद्देश्यले क्लव गठन गरिएको बैंकले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकले देशभरका ६८ शाखा मार्फत सामुदायिक विद्यालयमा सहकारी बालक्लव गठन गर्ने र वित्तिय साक्षरता सम्वन्धी अभिमुखिकरण गराउने अभियान सञ्चालन गरेको छ । शिवशक्ति माविमा ८ कक्षा दखि १२ कक्षा सम्मका विद्यार्थीहरुको प्रारम्भिक भेलाबाट नौ सदस्यीय शिवशक्ति सहकारी बालक्लव गठन गरिएको छ ।

समितिको अध्यक्षमा गिता ओझा, उपाध्यक्षमा आयूष सुनार, सचिव अष्मिता विसुङखे, सह–सचिव बन्दना लम्साल कोषाध्यक्ष रेनु भुसाल तथा सदस्यहरुमा प्रेम कुमारी गुरुङ्ग, सन्देश गुरुङ्ग, वर्षा पौडेल र निरुता नेपाली रहेका छन् ।

कार्यक्रममा बालक्लवका संरक्षक तथा विद्यालयका प्रधानाध्यापक शम्भु प्रसाद बास्तोलाले विद्यार्थीहरुलाई वित्तीय रुपमा सचेत बनाउने महत्वपूर्ण कार्यक्रमको लागि आफ्नो विद्यालय छनौट गरेकोमा राष्ट्रिय सहकारी बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार १०:३६