काठमाडाै । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ। गएराती एक सूचना जारी गर्दै निगमले पेट्रोलको नयाँ खुद्रा मूल्य १२० रुपैयाँ कायम भएको जनाएको छ।
डिजेल मट्टीतेलमा पनि दुई दुई रुपैयाँका दरले बढाइएको उल्लेख गरिएको छ। त्यस्तै एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको जनाइएको छ।
नयाँ समायोजनपछि पनि निगमलाई पेट्रोलमा अझै ७ रुपैयाँ ३९ पैसा घाटा रहेको उल्लेख गरिएको छ। निगम घाटामा गएको भन्दै सरकारले पछिल्लो निकै पटक इन्धनको मूल्य बढाउँदै आएको छ।
बढेको मूल्य चैत २२ आइतबार १२ बजेदेखि लागू हुने जनाइएको छ।






Comment