यी हुन शेयर बजारमा सर्वाधिक कमाउने कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

यी हुन शेयर बजारमा सर्वाधिक कमाउने कम्पनी



काठमाडाै । कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजारले उकालो लागेको छ । आज नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ मा पुग्दा सेयरबजार हरियाली बनेको हो ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरुमा अधिकांश इन्स्योरेन्स कम्पनी परेका छन् । स्टकका अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकले ४६ करोड १९ लाख ८२ हजार बराबरको कारोबार गर्न सफल भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५८१ रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, अप्पर तामाकोशी हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रोड़ेन्सियल इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, एनआइजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीमा परेका छन् ।

प्रकाशित : २२ चैत्र २०७७, आईतवार १७:४०