आईएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

आईएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने



काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको उक्त सभा बैशाख १२ गते केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा सुरु हुनेछ ।


सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरुमाथि छलफल गरी पारित गर्नेछ ।

सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको छ बोनस र ४० प्रतिशत हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड पुग्ने छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त लाभांश पनि पारित गरिनेछ ।

प्रकाशित : २२ चैत्र २०७७, आईतवार १०:५६