आज ६४ औँ राष्ट्रिय सहकारी दिवस,विभिन्न कार्यक्रम गरी मनाईंदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आज ६४ औँ राष्ट्रिय सहकारी दिवस,विभिन्न कार्यक्रम गरी मनाईंदै



काठमाडौं । नेपालमा औपचारिक रुपमा सहकारी अभियान सुरु भएको ६४ वर्ष भएको छ ।

२०१३ साल चैत २० गते चितवन जिल्लामा बखान सहकारी संस्था दर्ता भएको हो । सोहि दिनको सम्झनामा आज राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।

सहकारी विभागका अनुसार देशभर सहकारीको सङ्ख्या ३० हजार पुगेको छ । सहकारीले ८८ हजार ३ सयलाई रोजगारी दिएका छन् । सहकारीमा ७५ लाख मानिस आबद्ध छन् ।

कुल गृहस्थ उत्पादनमा सहकारीको योगदान बढ्दै गएको सहकारीका अगुवाहरूको दाबी छ । तर ठोस रूपमा कुल गृहस्थ उत्पादनमा सहकारीको योगदानको अध्ययन हुन सकेको छैन । सहकारीले १० खर्बको कारोबार गर्दै आएको छ ।

रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् ।

६४ औँ राष्ट्रिय सहकारी दिवसको थिम ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरिएको छ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार ०८:३९