एचआईडिसिएलले ११ करोड कित्ता शेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

एचआईडिसिएलले ११ करोड कित्ता शेयर निष्कासन गर्ने



काठमाडाै । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)ले करिब ११ करोड कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

एचआईडिसिएले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको कम्पनीले जनाएको छ ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार १३:४२