काठमाडौ । पाकिस्तानको बित्तिय मंत्री ईशाक दारले आर्थिक वर्ष २०१५र१६ मा देशको आर्थिक बिकाश दर ५ दशमलब ५ प्रतिसत रहने बताएका छन् । चालु आर्थिक वर्ष २०१४र१५मा ४ दशमलब २ प्रतिसत मात्र रहेको थियो । उनका अनुसार पछिल्लो दुई बर्षमा देशको आर्थिक बिकास दरमा लगातार वृद्धि भैरहेको र भविक्ष्यमा पनि हुने बताएका छन् ।
मंत्री दारको यो भनाई २०१५र१६ को बार्षिक बजेट संसद पेश गर्ने एक दिन पहिले पत्रकारलाई बताएको हो ।शुक्रबारको उनी पाकिस्तानको संसदमा बित्तिय वर्ष २०१५र २०१६ को बार्षिक बजेट पेश गर्ने छन् । उनका अनुसार पाकिस्तानको जीडीपी बिकाशको लक्ष्य चालू वर्षको लागि ५ दशमलब ५ प्रतिसत राखिने बताएका छन् ।
आर्थिक वर्ष २०१६र२०१७को लागि बिकाश दरको लक्ष्य ६ र २०१७र१८ को लागि ७ प्रतिसत तय गरिने बताएका छन् । उनले सरकारको लक्ष्य आगामी वर्ष तीन साल सम्म महंगाई दर एकमा राख्ने र सरकार महंगाई दर रोक्नको लागि हर सम्भव कदम उठाउने बताएका छन्।
Comment