अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा,यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा,यस्ता छन् एजेन्डा



काठमाडाै । अजोड इन्स्योरेन्स लिमिटेड ले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेकाे छ । इन्स्योरेन्सकाे चैत १६ गते (मंगलबार)बसेकाे सञ्चालक समितिकाे बैठकले आउँदो वैशाख ७ गते काठमाण्डौको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हलमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको छ।

सभाले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने तथा हकप्रद शेयरको हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने र सोहीअनुसार कम्पनीको नियमावलीको नियम २४(२) र नियम ४० मा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा २ जनालाई निर्वाचित गर्नेछ। सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने गत आर्थिक वर्षको तेस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत २४ गतेदेखि वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २३ गतेसम्म कायम शेयरधनीहरुमात्र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : १७ चैत्र २०७७, मंगलवार १३:१५