मिलिजुली कालिञ्चोक साकोसको सेवा केन्द्र बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

मिलिजुली कालिञ्चोक साकोसको सेवा केन्द्र बिस्तार




काठमाडौ। मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि। चरिकोट दोलखाले आफना शेयर सदस्यहरुलाई प्रवाह गर्ने सेवा सहज र नजिक बनाउनको लागि बिगु गा पा वडा नं ८ थामीचागु दोलखामा आठौ सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

सो अवसरमा सेवा सञ्चालन हुने उक्त ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाहरुलाई स्वास्थ्य सचेतना फैलाउनको लागि स्त्रीरोग परिक्षण शिविर सञ्चालन गरेको हो ।

उक्त शिविरमा १३१ जना ब्यक्तिहरुले स्वास्थ्य परिक्षण गराई लाभ लिएका थिए । यस सेवाकेन्द्र र स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बिगु गाउँपालीकाका उपाध्यक्ष सन्जीव ओलीको प्रमुख आतित्थ्यता थियो भने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि का सञ्चालक सदस्य एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि का महासचिव जिवसराज खड्काको बिशेष आतित्थ्यता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले गरेका थिए ।

संस्थाले ग्रामीण भेगमा सेवा दिनको लागि सेवाकेन्द्र स्थापना गरीदिएको र स्त्रीरोग परिक्षण गराई स्थानिय महिलाहरुलाई रोग बाट जोगिन सचेत गराई उपचार गराईदिएकोमा खुसि ब्यक्त गर्दै अतिथि लगाएत संस्थाबाट सहभागिहरुलाई स्थानियबासीले स्वागत गित र नृत्य सहित भब्य स्वागत गर्नुभएको थियो ।

स्थानीयको तर्फबाट कुमारी थामीले संस्थाले सेवाकेन्द्र सञ्चालन गरेर बचत गर्ने बानीका बिकासको साथै बिप्रेषण सेवा, बिद्युत् बिल भुक्तानी सेवा लगाएतका आर्थिक कारोवारमा सहजता ल्याईदिएकोमा धन्यवाद ब्यक्त गर्दै संस्थाको उत्तोरउत्तर प्रगतीको कामना सहित आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा बिशेष अतिथि नेफ्स्कुनका संचालक सदस्य जिबशराज खड्काले संस्थाले यस क्षेत्रमा आफ्नो सेवाकेन्द्र बिस्तार गरेकोमा खुशी ब्यक्त गर्दै सदस्यहरुको विकासको लागि संस्था सदैब अगाडि बढिरहने छ र यो संस्था दिगो र भरपर्दो रहेकोले सबै समुदायलाई संस्थामा आबद्धहुनको लागि आग्रह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं बिगु गा।पा।को उपाध्यक्ष सञ्जीव ओलीले सहकारी सँग समन्वय गरेर समुदायको विकासको लागि अगि बढ्ने प्रतिबद्धता ब्यक्त सहित अब बिरामी पर्दा र समस्या हुँदा अन्यन्त्र धाउँनु पर्ने कुराको अन्त्य भएको र यसको समाधान गर्न मिलिजुली कालिञ्चोक साकोसले मद्धत पुर्याउने धारणा राखेका थिए ।

समापन कार्यक्रममा कार्यक्रमको अध्यक्ष नारायण बहादुर श्रेष्ठले सहभागी सबैमा धन्यबाद दिई संस्थाको ऐतिहासिक पृष्ठभुमी , संस्थाको सफलता र संस्थाको सदस्यहरुको लागि सेवा र सुबिधाको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेबी ,स्थानीय बासिन्दा, संचालक समिति, उपसमिति, र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटाले सञ्चालन गरेका थिए भने उपस्थित सम्पुर्णलाई संस्थाका सञ्चालक समिति सदस्य कृष्ण प्रसाद अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।

प्रकाशित : ८ चैत्र २०७७, आईतवार २१:११