शेयर टुक्राउने प्रक्रियामा नेपाल लाइफ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

शेयर टुक्राउने प्रक्रियामा नेपाल लाइफ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर स्पिल्टको प्रक्रिया अघि बढाएको छ ।

शेयर स्पिल्टको लागि भन्दै प्रवन्ध पत्र नियमावली संसोधनको लागि कम्पनी रजिष्ट्रार कार्यालय पठाएको छ। कम्पनीले दोस्रो बजारमा शेयरको मूल्य बढ्दै गएको कारण सबैको पहुँचमा शेयर पुर्‍याउन भन्दै उसले शेयर टुक्राउन लागको हो । प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्य रहेका कम्पनीको शेयर टुक्राउन भन्दै उसले प्रबन्ध पत्र नियमावली संसोधनको लागि पठाएको हो।

कम्पनीले हाल कायम रहेको शेयर सङ्ख्यालाई टुक्रा पार्ने विषयको प्रस्ताव साधारण सभामा लगेको थियो। साधारण सभाको स्वीकृति पछि कम्पनीले उक्त प्रकियालाइ अघि बढाएको हो। उसले यस अघि कायम रहँदै आएको एक सय रुपैयाँ अंकित मूल्यका शेयरलाई दुई टुक्रा पार्ने छ।

यसले प्रति कित्ता मूल्य ५० रुपैयाँ काम हुने छ भने हाल कायम रहेको शेयरको सङ्ख्या दोब्बर हुने छ। शेयर सङ्ख्या दोब्बर भए लगत्तै कम्पनीको यति बेला दोस्रो बजारमा चलिरहेको मूल्य समेत समायोजन हुने छ।

प्रकाशित : ३ चैत्र २०७७, मंगलबार १४:४८ 16 March, 2021 2:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।