‘सनराइज ब्लूचिप फन्ड’ आजदेखि, कति दिने आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

‘सनराइज ब्लूचिप फन्ड’ आजदेखि, कति दिने आवेदन



काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आज (चैत्र १ गते, आइतबार) देखि सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि ‘सनराइज ब्लूचिप फण्ड’ नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । यो बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे ।

लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म छिटोमा चैत्र ४ गतेसम्म र ढिलोमा चैत्र १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, यस इकाईकाे बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १ चैत्र २०७७, आईतवार १२:२९